जनस्वास्थ्य सेवा फार्मेसी करारमा पदपूर्ती सम्बन्धमा |
(प्रथम पटक सुचना प्रकाशित मिति : २०८३/०४ /२०, गते बुधबार)
विज्ञापन नं. ००१ - ०८३/०८४
गण्डकी बहुप्राविधिक शिक्षालयका लागी विविध
पदमा देहायको संख्या र योग्यता भएका कर्मचारी सेवा करारमा राख्नु पर्ने भएकाले
योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) कार्यदिन
भित्र दिनको ३:०० बजेसम्म राजस्व तिरेको रसिद सहित दरखास्त दिनुहुन सम्वन्धित सबैको
लागि यो सूचना प्रकाशन गरिएको छ । दरखास्त फाराम, दस्तुर, कार्य–विवरण, पारिश्रमिक,
सेवाका शर्तहरु सहितको विस्तृत विवरण कार्यालय वा वेवसाइट www.pokharagpi.edu.np/ बाट
उपलब्ध हुनेछ ।
| क्र.सं. | पद नाम | तह | संख्या | आवेदन दस्तुर | आवश्यक न्युनतम योग्यता |
| १ | जनस्वास्थ्य प्रशिक्षक | प्रशिक्षक, छैटौं | १ | १००० | जनस्वास्थ्य वा सो सरह बिषयमा स्नातक उतिर्ण गरि लाईसेन्स प्राप्त गरेको |
| २ | फार्मेसी प्रशिक्षक | प्रशिक्षक, छैटौं | १ | १००० | फार्मेसी बिषयमा स्नातक वा सो सरह उत्तीर्ण गरि लाईसेन्स प्राप्त गरेको |
न्युनतम योग्यता :
२. २१ बर्ष उमेर पुरा भइ ३५ बर्ष उमेर ननाघेको (महिलाको हकमा ४० बर्ष)
३. नेपालमा प्रचलित कानूनद्वारा अयोग्य नभएको ।
४. दरखास्तमा संलग्न गर्नुपर्नेः उम्मेदवारको व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि (आवश्यक भनिएको पदको हकमा अनिवार्य), अनुभवको प्रमाणित प्रतिलिपि तथा प्रचलित नेपाल कानून बमोजिम विभिन्न काउन्सिल वा परिषद् वा अन्यमा दर्ता भएको प्रमाणित प्रतिलिपि संलग्न हुनुपर्नेछ । पेश गरिने सबै प्रतिलिपिको पछाडी उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गर्ने
६.छनौटको तरीका : लिखित तथा अन्तर्वार्ता
७. दरखास्त बुझाउने स्थान : गण्डकी बहुप्राविधिक शिक्षालयको कार्यालय, पोखरा २९ भण्डारढिक
८. राजस्व बुझाउनको लागी,
राष्ट्रिय बाणिज्य बैंक, पृथ्वीचोक शाखा,
खाता नं.: ३०२०१००३०२०३३२०७ (गण्डकी बहुप्राविधिक शिक्षालय)
सम्पर्क : ०६१-५६३०९७
सम्पर्क मिति : २०८३/०४/२९ गते शुक्रबार |
संयोजक,
कर्मचारी छनौट
सिफारिस समिति
आवेदन फारमको लागि तल क्लिक गर्नुहोस
उम्मेदवारको आवेदन फारम
File Attachment
-
This is the document that can be downloaded.
Publish Date: 2026-08-05